समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रपतिका उम्मेदवार पौडलबीच भेट

२०७९ फाल्गुन २१, आईतवार १०:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज भेटघाट भएको छ।

अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।

शनिवार अध्यक्ष नेपालका भाइ सरोजको छतबाट खसेर मृत्यु भएको थियो। पौडेलले नेपाल र उनका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिएको भेटबारे पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय