गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्री दाहालको छलफल

२०७९ फाल्गुन २१, आईतवार १०:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक र वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्र बैंकका गभर्नर, अर्थसचिवसहित निजी क्षेत्रको छाता संगठनका प्रतिनिधिलगायत बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेका हुन् ।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरका विषयमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले पहल थालेका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले मारमा पारेको भन्दै ऋणीहरूले लघुवित्त खारेजीसम्मको माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण ‘तिर्न सक्दैनौँ, मिनाहा गर्नुपर्छ’ भन्ने एउटा समूह यति बेला सडक आन्दोलनमा छ ।

बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरूले पनि आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले यिनै विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय