नेपालमा राजतन्त्र पुनःस्थापना असम्भवः बास्तोला

२०७९ फाल्गुन २१, आईतवार १०:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना असम्भव भएको बताएका छन् । आइतबार काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको अन्तरक्रियामा उनले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताए । जसले जति नारा लगाए पनि राजतन्त्र नफर्कने उनले जिकिर गरे ।

अधुरा क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्नेमा उनले जोड दिए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिस्ट पार्टीहरू एकजुट हुनुपर्ने धारणाा राखे । “अहिले राजतन्त्र सम्भव छैन यहाँ, जसले जति नारा लगाए पनि । पछाडि फर्कने कुराले अगाडि जान सकिँदैन । त्यसकारण अहिले हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर, केको निम्ति रु अगाडि जानको निम्ति । अगाडि बढ्नको निम्ति । नेपालमा अधुरो रहेका सहिदका सपनाहरू पूरा गर्नको निम्ति । सहिदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो,” उनले भने, “अहिले भन्दै हुनुहुन्छ उहाँहरू, साथीहरूले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवादभित्र रु यस्तो हुँदैन । अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ । नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ । नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्नेछ । त्यसको निम्ति हामी सबै एक ठाउँमा आउँ । अगाडि बढौँ ।”

उनले थपे, “नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन । इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन । यहाँ पूरै पछाडि फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन । यो जापान पनि होइन । १७औँ शताब्दी, १५औँ शताब्दीको बेलायत होइन, जहाँ फेरि राजतन्त्र फर्केर आओस् । यो २१औँ शताब्दीको दुनियाँ छ । वैज्ञानिक समाजवाद स्थापना हुन्छ । सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँ होऔँ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार