प्रधानमन्त्रीलाई मुद्दा लाग्दा प्रधानमन्त्रीकै पार्टी किन बोल्दैनः महासचिव नेत्रविक्रम चन्द

२०७९ फाल्गुन २१, आईतवार १०:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए । उनले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो? भन्दै प्रश्न गरे । उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए । उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे । उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहर्‍याउने चेतावनी दिए ।

उनले भने, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्न्पर्ने जस्तो के हो यो देशमा? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, मलाई शहीदका छोराहरुले पनि भन्नुभयो, हामी अपराधी हो? राज्यले के गरिरहेको छ । सम्मानित हुनुपर्ने मान्छे अपराधी जस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउने जस्तो, इतिहास यसरी उल्टियो । आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरु, लुटेराहरु, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमाः २ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पती थुपार्ने सामन्तहरु अपराधी हुन् ।’

चन्दले भने, ‘हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोह¥याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवाली व्युँताउन सकिन्छ । हिजो प्रचण्ड कमरेडलाई मुद्दा दायर गर्दा कोही बोलेन । मैले त बोले नि । तर उहाँको पार्टी कता गयो । मान्छे छैनन् कि के होः मान्छेको त नशामा अलिकति रगत त बग्नुपर्छ नि । यो सुनसानजस्तो देखिन्छ । अर्को मान्छे फाँइफुट्टि लाउँदैछ ।’

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार