काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ ।
२४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी समेत गरे । महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उहाँले त्यसलाई धान्न नसकेको बताए ।
उनले भने, ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दाखेरी के हुँदो रहेछ भन्ने कुरा सायद आज प्रचण्डले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ । यदु गौतमका कुराहरु सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नु पथ्र्यों उहाँले । एउटा क्रान्तिकारी, जसले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व ग¥यो । आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाँही उभिन सक्ने अवस्थामा छैन । के कारणले गर्दाखेरी छैन भने उग्रवामपन्थी अतिवादका कारणले गर्दाखेरी गरेको मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन । जनताको पक्षमा उभिन सक्दैन । तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ । तर, देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन । किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ ।
कुनै पनि आन्दोलन सही हुन्थ्यो भने एउटा नेता कायम हुने थिएन । देशको पक्षमा उभिनका लागि, स्वाधिनताको पक्षमा उभिनका लागि, आज अघिल्लो निर्वाचनको माध्यामबाट जनताले जनादेश दिए । पाँच दलीय गठबन्धन जनताले अस्विकार गरिदिएका थिए । झण्डै दुई तिहाई जनमत लिएर चुनावमा गएको पाँच दलीय गठबन्धन बहुमत गुमाउन पुगेको थियो । हो, नेकपा एमालेले पनि चाहेको जनमत पाउन सकेको थिएन । हामीले भनेको थियौ–अहिलेको जनादेश नेकपा एमालेले नेतृत्व दावी गर्न सक्ने प्रकृतिको छैन । तर पाँच दलीय गठबन्धन असफल भईसकेको छ भन्ने सन्दर्भमा त्यसबाट मुलुकलाई जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा हामीले माओवादी केन्द्रसँग एकताका लागि पहल ग¥यौं ।
सहकार्यका लागि पहल ग¥यौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौं । वास्तवमा भन्नु हुन्छ भने देश वडा संकटमा परेको बेलामा, आर्थिक संकट परेका बेलामा नयाँ सरकार बनेपछि केही आशाको सञ्चार पनि भयो । वित्तिय संकट सुधार उन्मुख हुन थालेको थियो । तर पुष्पकमल दाहाल प्रचण्डले देशको हितको यो कदमलाई बोक्न सक्नु भएन । जनताले रुचाएको शासनको नेतृत्व गर्न चाहनु भएन । र, उहाँ असफल भईसकेको पाँच दलीय गठबन्धन ब्यूताउने ध्याउन्नमा लाग्नु भयो । के का लागि लाग्नु भयो भन्ने कुरा चाँही हामी सजिलै अनुमान गर्न सक्छौं । आज नयाँ समिकरण भत्काउने उद्देश्य भनेको चाँही कुनै जनताको चाहनाको परिणाम थिएन । नयाँ समिकरण बाह्य शक्तिका लागि मन परेको नै थिएन । नयाँ समिकरण बनेपछि विभिन्न शक्ति राष्ट्रहरु नेपाल आउने, चलखेल गर्ने खालको कुरा भयो । र, त्यसको परिणाम स्वरुप समिकरण बदल्ने खालको कुरा भयो ।’
महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहो¥याए । उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताए ।