
काठमाडौँ । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो ।
मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् । मोर्चले नौ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल मोर्चाको सचिवालय सदस्य छन् । मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाई समेत मोर्चामा समावेश गरिने उनको भनाइ छ ।
‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरूलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठकलगायत कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’ मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।