देशमा उल्टो गठबन्धन भइरहेको छः राजेन्द्र लिङ्देन

२०७९ फाल्गुन २०, शनिबार ०६:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ। #सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन!’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार