प्रजातान्त्रिक योद्धा राईका बारेमा थप अध्ययन गर्न आवश्यक छः सभामुख देवराज घिमिरे

२०७९ फाल्गुन १८, बिहीबार ११:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमूलक अनुसन्धान गर्न आग्रह गरे ।

‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमूलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’ रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरूले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ । उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे ।

सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजीव रुपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार