रामचन्द्र पौडेलले राष्ट्रपतिमा मत माग्दै सांसदहरुलाई गरे पत्राचार

२०७९ फाल्गुन १८, बिहीबार ०८:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् ।

उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् । बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् ।

उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय