काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धीले चुनावी अभियान तीव्र पारेका छन् । राष्ट्रपति पदका लागि नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र नेपाली कांग्रेसका तर्फबाट नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
नेम्वाङले दलहरूका कार्यालयमै पुगेर आफ्नो लागि भोट मागिरहेका छन् । बिहीबार उनले नेकपा (एकीकृत समाजवादी)को काठमाडौंको
आलोकनगरस्थित कार्यालयमा पुगेर भोट मागे । बिहीबारै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसँग पनि भोट माग्ने कार्यतालिका छ । पौडेलले भने आठदलीय गठबन्धनका सांसदहरूलाई सामूहिक रूपमा काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा अभिमुखीकरण गरिरहेका छन् । पौडेलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नै सम्बोधन गरे भोट माग्ने कार्यक्रम तय भएको छ ।
यस्तै, अरू दलका शीर्ष नेताहरूले पनि आ–आफ्ना जनप्रतिनिधिलाई गठबन्धनका साझा उमेदवार पौडेललाई मतदान गर्न आह्वान गर्ने कार्यक्रम छ ।