एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने

२०७९ फाल्गुन १७, बुधबार १२:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार