राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो: एकराम गिरी

२०७९ फाल्गुन १७, बुधबार ११:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठकपछि सार्नुपरेको एकराम गिरीले बताएको छ । प्रतिनिधि सभाको १४ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो ।

तर संघीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताए । उनले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताए ।

प्रवक्ता गिरीले लगत्तै फागु पूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार