विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ ।
त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किराँत–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।