राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा ओली

२०७९ फाल्गुन १७, बुधबार ०९:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वामपन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् । यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय