राष्ट्रपतिका लागि मत माग्दै रामचन्द्र पौडेलले पठाए मतदाताहरूलाई पत्र

२०७९ फाल्गुन १७, बुधबार ०९:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् ।

पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सांसद सुवास चन्द्र नेम्वाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार