प्रदेश-१ को नामाकरण: कोसी नामबाट पछि हट्यो कांग्रेस

२०७९ फाल्गुन १७, बुधबार ०८:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको आफ्नो समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो ।

समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए । नेकपा (माओवादी केन्द्र)ले समेत समर्थन गर्ने भनिएकोमा सो अनुसार नभएकाले कांग्रेसले समर्थनबाट नाम फिर्ता लिएको जानकारी दिएको छ । समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

यता माओवादी केन्द्रले भने कौसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको सांसद गणेश उप्रेतीले जानकारी दिए । नामको प्रस्ताव र सदनको कारवाहीबारे छलफल गर्न केहीबेरपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय