एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि प्रचण्डको सरकार ढल्दैन: विमलेन्द्र निधि

२०७९ फाल्गुन १६, मंगलवार १२:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन्।

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको पनि बताए । ९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

पञ्चायतकालमा पञ्चायतविरूद्ध सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पु¥याउने काम पत्रकारले नै गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार