हाम्रो सेनाको डेटा टर्कीमा देखियो: आरजु राणा

२०७९ फाल्गुन १६, मंगलवार ११:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेको दाबी गरेकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको व्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको दाबी गरेकी हुन् ।

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो ।,’ उनले भनिन्, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय