प्रभु साह सरकारमा जाने तयारीमा

२०७९ फाल्गुन १६, मंगलवार १०:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जान गृह कार्य थालेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा साह समेत जान तयारी गरेका हुन् ।

सत्ता साझेदार आठ दलमा प्रभु नेतृत्वको जनमत पार्टी समेत थपिन सक्ने प्रचण्ड निकट एक पदाधिकारीले बताए । ‘सरकारमा सहभागी हुने पार्टी ८ दल छन् त्यसमा प्रभु साह समेत आउने तयारी गरेका छन्’ ति पदाधिकारीले भने, ‘यदि सहमति भएमा ९ दल सत्ता साझेदार हुन सक्छ ।’ तर, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको जिकिर गरे ।

‘हामी सरकारमा जाने तयारी गरेका छैनौँ। सरकारमा जान कतै भेटघाटपनि भएको छैन’ साहले भने । साह नेतृत्वको पार्टीमा प्रतिनिधि सभामा उनी मात्रै सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार