राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटारमा

२०७९ माघ २४, मंगलवार ०७:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार