काठमाडौँ, १८ पुस । जनता समाजवादी पाटी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पुस १८–१९ गते बस्ने भएको छ ।
बैठकबाट पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसंग एकताका लागि वार्ता समिति गठन लगायतका कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा निर्णय हुनेछ । ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुनेछ ।