सेनेटरी प्याडका समस्य लिएर अर्थमन्त्री समक्ष पुगे व्यावसायी, समस्य सम्बोधन गर्ने मन्त्रीको आश्वासन

२०७९ पुष १७, आईतवार १४:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,१७ पुुस । अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्ति भएसंगै खस्किदै गएको अर्थतन्त्र सुधार हुने आशालिएर विभिन्न व्यावसायी संघसस्थाहरु मन्त्रीलाई भेट्न थालेका छन् ।

बैंकको ब्याजदर विरुद्ध आन्दोलनमा उत्रिएका व्यावसायीका माग नवनियुक्त अर्थ मन्त्रीले सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरेको केही दिन नहुदै व्यावसायीहरु अर्को सस्था अर्को माग सहित सनिवार अर्थमन्त्रीलाई भेटेका छन् ।

आर्थिक बर्ष २०७८÷८९ को बजेटले नेपालमा उत्पादित सेनेटरी प्याड उद्योगलाई धराशायी बनाएको भन्दै यसको चर्को बिरोधमा उत्रेका व्यावसायी आफ्ना विभिन्न माग सहित सनिवार अर्थमन्त्री बिष्णु पौडेललाई भेटेका हुन् । नेपालको नयाँ अर्थनितिका कारण नेपालमा उत्पादित सेनेटरी प्याड भन्दा बिदेशबाट आयात गरिने प्याड सस्तो पर्ने हुँदा आयात गरिने प्याडमा पहिले लगाउदै आएको कर यथावत राख्न व्यावसायीले अर्थमन्त्री समक्ष माग राखेका छन् ।

माग पत्र सहित अर्थमन्त्रीलाई भेट्न पुगेका ब्यबसायीहरुले सेनेटरि प्याडमा २०७८÷७९ भन्दा पहिलेकै निति आवश्यक रहेको बताउनुभएकाे छ । ज्ञापनपत्र बुझाउदै नेपाल सेनेटरी प्याड तथा वेवि डाइपर उत्पादक संघका अध्यक्ष डोलराज अधिकारले भन्नुभयाे “नेपालको अर्थ नितिमा सुधार हुने हो भने अहिले भएका उद्योगले नेपालको खपत धानेर बिदेश निर्यात गर्न सक्ने उत्पादन गर्न सक्नेछन् ।” नेपालको पछिल्लो अर्थ नितिकै कारण हाल ३० प्रतिशत मात्रै उद्योग संचालन भएको उहाँले बताउनुभयाे । देशभर ६ अर्बको लगानी सहित ६ हजारलाई रोजगार सिर्जना गरेको उद्योगका माग सम्बोधन गर्न ढिलाइ गर्न नहुने व्यावसायीहरुको गुनासो थियो । पछिल्लो अर्थ नितिअनुसार ८ वटा कच्चापदार्थबाट तयार हुने सेनेटेरी प्याडमा ७ कच्चापदार्थमा १ प्रतिशत र १ कच्चापदार्थमा ३५ प्रतिशत कर निर्धारण भएको र तयारी सेनेटरी प्याडमा पनि १ प्रतिशत कर निर्धारण गरिएको हुँदा निर्यात सेनेटरी प्याडसंग नेपालमा उत्पादित सेनेटरी प्याड प्रतिस्पर्धा गर्न नसकेको व्यावसायीको गुनासो थियो ।

ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री बिष्णु पौडेलले व्यावसायीका गुनासा सम्बोधन गर्ने आश्वासन दिनुभयाे । उहाँले भन्नुभयाे “भर्खरै पदभार ग्रहण गरेको छु । यस बारेमा बिस्तृत रूपमा अध्यन गरेर मन्त्रालयको तर्फबाट हुने सहयोग गर्ने छु ।” नेपालको अर्थतन्त्र बलियो बनाउन आफू लागि पर्ने बताउदै अर्थमन्त्रीले देशको अर्थतन्त्र बलियो बनाउन आफुले काम गर्न धारणा समेत राख्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार