गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

२०७९ पुष १४, बिहीबार १०:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो ।

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले बुधबार स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय