प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

२०७९ पुष १३, बुधबार ११:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको छ । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार