जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : नेता पौडेल

२०७९ पुष २, शनिबार १८:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तक्र्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै आगामी दिनमा जनताका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो ।

“आगामी पाँच वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने काममा लाग्नेछु”, उहाँले भन्नुभयो ।

नेता पौडेलले उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याएर आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताउनुभयो । निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय