स्याङ्जा, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।
मत गणनाअनुसार काँग्रेस उम्मेदवार गुरुङले सत्र हजार दुई सय २१ मत प्राप्त गर्दा एमालेकी अर्यालले पन्ध्र हजार नौ सय ८ मत ल्याउनुभएको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) अर्यालभन्दा एक हजार तीन सय १३ मतले अगाडि हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले छ हजार तीन सय ३७ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९, वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ र कालीगण्डकी गाउँपालिकाको गणना सकिएको छ ।
प्रदेश सभा सदस्य अन्तर्गत१,२,३,४,५,६ मा गणना सकिएको छ । महेश भट्टराई ४ हजार ४सय ४० मत प्राप्त गर्नुभएको छ भने बुद्धिमान श्रेष्ठले ५ हजार ५सय ४ मत प्राप्त गर्नुभएको छ। श्रेष्ठ १ हजार ६४ मतले अगाडी हुनुन्छ ।
अहिले गल्याङ नगरपालिका वडा नं १ को मत गणना जारी छ ।