सांसद,जिल्ला उपसभापति र महामन्त्रीको वडामा काङ्ग्रेस सधै पराजित

२०७९ मंसिर १६, शुक्रबार १९:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १६ मङ्सिर। नेपाली काङ्ग्रेसका ठुला नेता भएको स्याङ्जाको बिर्घामा नेपाली काङ्ग्रेसले सधै हार बेहोर्नु परेको छ । नेता जन्माउन सफल भएको उक्त ठाउँमा कार्यकर्ता कहिल्यै जन्माउन सकेन ।

जिल्ला देखि केन्द्रीय स्तरसम्म ठुला भनिएका नेताहरु रहेको कालीगण्डकी गाउँपालिका ३ मा सधै काङ्ग्रेस पराजित हुँदै आएको छ । स्थानीय निर्वाचनमा कालीगण्डकी गाउँपालिकामा नेपाली काङ्ग्रेस बाट गाउँपालिका अध्यक्ष उम्मेदवार माया राना, संघीय सांसद मोहन पाण्डे, नेपाल विद्यार्थी महासंघका पुर्व महामन्त्री युवराज पाण्डे एवम् नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शेरबहादुर थापा रहेको कालीगण्डकी गाउँपालिकाको ३ नम्बर वडामा सधै नेपाली काङ्ग्रेस पराजित हुँदै आएको छ । स्थानीय निर्वाचनमा वडामा पराजित हुँदै आएको नेपाली काङ्ग्रेस यो पटक पनि अर्थात् प्रतिनिधिसभा र प्रदेशसभामा पनि पराजित हुन पुग्यो ।

उक्त वडामा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका धनराज गुरुङले ७ सय ६४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले की पद्मा अर्यालले ७ सय ७४ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै प्रदेश सभा (ख) तर्फ नेकपा एमाललेका बुद्धिमान श्रेष्ठले ८ सय ३ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका महेश भट्टराईले ७ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार