स्याङ्जा, १६ मङ्सिर । एमालेको संगठन मजबुत भनिएको मोहन प्रसाद रेग्मीको आफ्नै वडामा समेत पछारिनु भएको छ । बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रमा मतगणना भएको हो ।
वालिङ् नगरपालीका २ घर हुनुभएका रेग्मी आफ्नै वडामा ६ सय ४० मत प्राप्त गर्नुभयाे भने नेपाली काँग्रेसका भोजराज अर्याल ७ सय ६१ मत प्राप्त गर्नुभएको थियाे ।
।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित हुनुभएको थियो । मोहन प्रसाद रेग्मीले १२ हजार चार सय ३१ मत प्राप्त गर्नुभएको थियाे ।
स्याङ्जा क्षेत्र नं २ (१)बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ । नेपाली काँग्रेसका भोजराज अर्यालले १५ हजार एक सय ६१ मत प्राप्त गर्नुभयो ।अर्याल दुइ हजार सात सय तिस मतान्तर सहीत विजयी हुनुभएको छ ।