काठमाडौं । नेपाली कांग्रेसलाई राजधानीमा बलियो बनाउनका लागी काठमाडौं क्षेत्र नं–६ मा लोकप्रिय युवा नेता श्यामकृष्ण खड्गीको नाम यतिबेला राजनीतिक वृत्तमा चर्चामा छ । २०४२÷४३ सालदेखि अमृत क्याम्पसमा नेविसंघ मार्फत विद्यार्थी राजनीतिबाट यात्रा आरम्भ गरेका खड्गी अहिले काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रिय सभापति हुन् ।
खड्गी २०४७ सालमा काभ्रेस्थलीको उप सभापति ,२०५३ सालमा क्षेत्रिय सचिव, ०५७ सालमा महाधिवेसन प्रतिनिधि ,२०६७ सालमा नेपाली कांग्रेस काठमाडौंको जिल्ला सहसचिव, २०७२ र ०७८ सालमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ को क्षेत्रिय सभापति सम्म बनेका व्याक्ति हुन् ।
विद्यार्थी जिवनबाटै राजनीतिमा चासो राख्ने खड्गी जनताको समस्यालाई नजिकबाट बुझ्ने एक परिपक्व नेताको रुपमा चिनिन्छन् । शिक्षाबाट आर्जित अनुशासन, विचारशीलता र नेतृत्व क्षमतालाई बदलिदो देशको पछिल्लो राजनितिक परीस्थितीमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनाउने उनले बताए । समाज सेवाबाट सुरु भएको उनको राजनीतिक यात्रा आज जनआकांक्षा, सुशासन र विकासप्रतिको दृढ प्रतिबद्धतामा केन्द्रित देखिन्छ।
स्थानीय तहदेखि जनस्तरसम्मको सक्रिय सहभागिताले खड्गीलाई क्षेत्र नं–६ मा जनप्रिय नेता बनाएको छ। राजधानी काठमाडौंमा नेपाली कांग्रेसको इतिहासमा नयाँ अध्याय थप्ने विश्वासका साथ पार्टी कार्यकर्ता तथा सर्वसाधारणले श्यामकृष्ण खड्गीलाई आशाको प्रतिनिधि रूपमा हेर्न थालेका छन्।
युवा जोश, स्पष्ट दृष्टिकोण र जनमैत्री व्यवहारका कारण उनको नेतृत्वले काठमाडौं–६ मा निर्णायक परिणाम ल्याउने अपेक्षा गरिएको सो क्षेत्रका सामाजिक अगुवाहरु बताउछन् ।





