
काठमाडौं । गरिमा विकास बैंकले २ लाख १२ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको २ लाख १२ हजार ८३४.६५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।
काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा १५ दिनभित्र खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ ।