काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ।सम्झौता अनुसार, बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन्। यो सुविधा लिनका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (मोबैंक) मार्फत भुक्तानी गर्नुपर्नेछ।
यो सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।





