काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोकथामका विभिन्न कामहरू भए पनि ढुङ्गा खस्ने जोखिम कायमै रहेको छ। डिभिजन सडक कार्यालय भरतपुरका अनुसार, विशेषगरी तुइन खोला, जलवीरे र नाम्सी पुल आसपासका क्षेत्रहरूमा ढुङ्गा खस्ने उच्च जोखिम छ।
कार्यालयले जोखिम न्यूनीकरणका लागि रकनेटिङ जस्ता प्रविधि प्रयोग गर्न विभागमा प्रस्ताव पठाएको छ। साथै, सम्भावित पहिरो पन्छाउन मुग्लिन र सेतीदोभानमा लोडर र एक्साभेटर जस्ता उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
सडक कार्यालयले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





