मोरङको सुन्दर हरैँचामा सवारी दुर्घटना हुदाँ एकजनाको मृत्यु, दुईजना घाइते

२०८० मंसिर २३, शनिबार १०:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य दुईजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमी गन्तव्यका लागि जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का २५ वर्षीय भुपाल मगर, पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय बिक्रम माझी घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा बिक्रम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार