छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग

२०७९ फाल्गुन २७, शनिबार ०५:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट भ्रातृ संगठन र दलित संघरसंस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घरसंस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन गरी घटनामा संलग्न उनलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न माग गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३ औं दिनको पुन्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘किरिया भोजमा’ दलित र गैरदलितको लागि अलग-अलग साइन बोर्ड टाँसी अलग-लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घरसङ्गठनको भनाइ छ। ‘सार्वजनिक पदधारण गरेका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका दलित सङ्घरसङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन्। ती सङ्घरसंस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार