पाँच जना डीआइजी एआइजी बढुवामा सिफारिस

२०७९ फाल्गुन २६, शुक्रबार ०९:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने डीआइजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआइजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआइजीको सिफारिस गरेको हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार