राष्ट्रपति निर्वाचित भएसँगै पौडेललाई सभापति देउवाको बधाई

२०७९ फाल्गुन २५, बिहीबार १२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्– राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज भएको निर्वाचनमा पूर्वसभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार