ललितपुर महानगरपालिका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

२०७९ फाल्गुन २५, बिहीबार ११:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो।

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । योपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार