वीरगञ्ज । पर्सामा लुठा नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । पर्सागढ़ी नगरपालिका– ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको मृत्यु भएको हो ।
उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले बिहबिार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको छ ।