काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँले युट्युबरको प्रशंसा गरेका छन् । उनले युट्युबर र सर्वहाराको कुरा बोलिदिएको भन्दै प्रशंसा गरेका हुन् ।
बिहीबार आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले भने, ‘हामीलाई साथ सबैभन्दा बढी युट्युबरले गरेको छ । भूईँमान्छे र सर्वसाधारणको कुरा तपाईँहरूले बोलिदिनु भएको छ। तपाईँहरुले अभियानलाई साथ दिनुहुन्छ भन्ने आस गर्दछु ।’ उनले यसअघि सञ्चालन गरिएको आन्दोलनको कार्यक्रम सफल भएको दाबी गर्दै आगामी कार्यक्रम तय गरिएको बताए ।
‘यो अगाडि हामी सफल भइसकेका छौँ । अब हामी संस्थागत रूपले अघि बढ्दैछौँ’, उनले भने।