काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना भइरहेको ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।
उषाले ३८.०३२२ प्रतिशत मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितिन् । यसपटक पिपल्स च्वाइस विधाको मनोनयनमा उषा भण्डारीसँगै क्रिकेटका आसिफ शेख, लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र पैडीकी डुवाना लामा मनोनयनमा परेका थिए । अवार्डको दोस्रो स्थानमा रहेका अञ्जनले ३१.१४०२ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका आसिफले १४.९९७ प्रतिसत मत प्राप्त गरे ।
यस्तै, तेस्रो र चौथो स्थानमा रहेका अभिलाषा विष्ट र डुवाना लामाले क्रमशः ८.३२६७ र ७.५०८३ मत प्राप्त गरे ।