कारको ठक्करबाट बालिकाको मृत्यु

२०७९ फाल्गुन २३, मंगलवार ०६:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–२ मा कारको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी छन् ।

सोमबार साँझ भारतीय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय