बेहोस बनाइ मलद्वारबाट पेटमा छिराइयो रक्सीको बोतल

२०७९ फाल्गुन २२, सोमबार १२:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रौतहट । रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई उनका साथिहरुले अमानविय कार्य गरेका छन् । नुर्सादलाई यही शनिबार उनका साथिहरुले नशालु पदार्थ खुवाएर बेहोस बनाइ रक्सीको बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मन्सुरी होसमा आएपछि उनलाई बेस्सरी पेट दुख्न थाल्यो । दुखाई कम गर्ने औषधिले पनि ठीक नभएपछि अस्पतालमा ल्याएर एक्सरे गर्दा पेटमा रक्सिको बोतल फेला परेको प्रहरीले जनाएको छ । नुर्सादलाई सोमबार चन्द्रपुर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । अस्पतालले तत्कालै उनको पेटको एक्सरे गराएको थियो । पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक समेत आश्चर्यमा परेका थिए । पेटभित्र ठूलै बोतल देखेपछि चिकित्सकले तत्काल नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरेका थिए ।

उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालिएको छ । पेटबाट सिसा निकालिएपनि नुर्साद खतरामुक्त नभएको चिकित्सकले बताएका छ । शल्यक्रिया गर्न झण्डै २ घण्टा लागेको थियो । शल्यक्रिया गरेर रक्सीको बोतल निकालिए पनि उनी ४८ घण्टासम्म चिकित्सकको निगरानीमै छन् । शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ भने एक जना फरार भएका छन् । फरार भएकाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय