लुकाएर राखेको दुई थान भरुवा बन्दुक बरामद

२०७९ फाल्गुन २१, आईतवार ०७:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । रुकुम(पूर्व)मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय