काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ घरबाट खसेर घाइते भएका छन् ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर घाइते भएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने ।
घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भइरहेको छ ।