बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

२०७९ फाल्गुन २०, शनिबार ०८:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाएको छ ।

कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा निर्माण सम्पन्न उक्त खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको थियो ।

आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको रु ९२ लाख ७३ हजार नौ सय ४३, समुदायबाट रु छ लाख ९९ हजार र जनश्रमदान रु ४७ लाख ६७ हजार छ सय ६७ मा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार