कारको ठक्करबाट महिलाको मृत्यु

२०७९ फाल्गुन १८, बिहीबार ०५:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । हिजो बेलुका करिब पौने ७ बजे बा१८च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो ।

कारसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार