त्रि-चन्द्र क्याम्पसको स्ववियुमा टेकराज भट्टको चर्चा

२०७९ फाल्गुन १७, बुधबार ०७:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ।  विगत लामो समयदेखि त्रि-चन्द्र क्याम्पसमा विद्यार्थीका मुद्दामा लड्दै आएका सुदुरपश्चिम, कैलालीका टेकराज भट्ट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बलियो दाबेदार देखिएका छन्। नेवि संघ निकट उनी वि.सं २०७२ सालको विनाशकारी भुकम्पबाट जिर्ण अवस्थामा रहेको घण्टाघरको पुन:निर्माणको लागि निरन्तर रुपमा लाग्दै आएका थिए, फलस्वरूप नेपाल सरकारले घण्टाघरसहित त्रि-चन्द्र क्याम्पसको पुन: निर्माणको काम सुरु गरिसकेको छ।

छात्राहरुले महिनावारीमा भोग्नुपरेको समस्याको कुरालाई लिएर सेनिटरी प्याड भेन्डिङ मेसिन राख्न लगाउनेदेखी क्याम्पस अगाडिको जेब्राक्रसिङमा हुने गरेको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट राख्न पहलकदमी लिएका भट्ट विद्यार्थीको सहजीकरणका लागि ई-लाइब्रेरी, अनलाइन भर्ना, डिजिटल हेल्प इन्क्वारिटी डेक्स्को व्यवस्था गरिनुपर्छ भन्ने माग राख्दै आएका छन्।

‘त्रि-चन्द्र क्याम्पसका तमाम बेथितिहरु निराकरण गर्नुपर्छ’ भनेर सधैं क्याम्पस प्रशासनसंग झगडामा उत्रिरहने उनको स्वभावले एक असल विद्यार्थी नेतामा हुने गुण झल्किने गरेको छ। स्ववियु निर्वाचनको विषयमा कुरा गर्न खोज्दा उनी भन्छन्, “अब केही समयपछि हामी त्रि-चन्द्र क्याम्पसका तमाम बेथितिको निराकरणमा लाग्नेछौँ। विद्यार्थीको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत असल नेतृत्व चुन्ने अवसर मिल्ने भएको छ।’

भट्ट भन्छन्,’विद्यार्थीका समस्या उठाउनु मात्रै विद्यार्थी राजनीति होइन, विद्यार्थीका बिचबाटै समाधानको बाटो खनेर त्यसमाथी शिक्षाको कालोपत्रे गर्नु खास अर्थमा विद्यार्थी राजनीति हो। हामी सबै मिलेर त्रि-चन्द्र क्याम्पसलाई नितान्त प्राज्ञिक थलो बनाउनेछौ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार