सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–९ का ३१ वर्षीय विनोद तिमल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति करिब पौने १० बजे प्रदेश १–०१–००१ ख ४१७१ नम्बरको ट्रक र स५प ७८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।