बढ्यो सुनको मूल्य, कति छ तोलाको?

२०७९ फाल्गुन १७, बुधबार ०६:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।

आज सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार