फरार भएका थुनुवा ७२ घण्टापछि पक्राउ

२०७९ फाल्गुन १७, बुधबार ०५:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका-१३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन् ।

मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । म्याद थपका क्रममा भ्यानबाट नजिकैको नहरमा हाम फालेर फरार भएका मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए ।

भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार